प्रेस सङ्गठनको राष्ट्रिय सम्मेलन फागुन ७ मा

<span class='c1'>प्रेस सङ्गठनको राष्ट्रिय सम्मेलन</span> <span class='c2'>फागुन ७ मा</span>

काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ।

सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा तयार गरिएको छ भने तयारी बैठक भइरहेका छन्। सम्मेलन तयारी समितिले सम्मेलनमा सहभागी प्रतिनिधिको सूची तयार गरिरहेको छ।

तोकिएको समयमा सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सम्बन्धित पक्षसँग सुझाव सङ्कलन, बैठक, परामर्श गरिरहेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिनुभयो।

महासचिव भूपराज खड्काको संयोजकत्वमा विधानको मस्यौदा तयार भएको छ ।१० परिच्छेदका साथै पाँच अनुसूची भएको मस्यौदा सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापक रुपमा छलफलका लागि पठाइएको छ।

देशभर रहेका मातहतका सङ्गठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि प्रेषित गरिएको छ।

यही माघ २२ गतेभित्र सुझाव पठाउन समय सीमा तोकिएको छ।विस्तृत छलफल तथा अध्ययनपछि प्राप्त हुने सुझावलाई समेटेर मस्यौदा परिमार्जित गरी राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरी छलफलसहित पारित गरिनेछ।सङ्गठनले १५ सदस्यीय सचिवालय, विभागलाई हालै पूर्णता दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्