भारतमा कोरोना भाइरसबाट दुई लाख सङ्क्रमित

<span class='c1'>भारतमा कोरोना भाइरसबाट</span> <span class='c2'>दुई लाख सङ्क्रमित</span>

भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ सङ्क्रमित भएका हुन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

मन्त्रालयले १८ लाख ३१ हजार २६८ जना अहिले पनि सङ्क्रमितावस्थामै रहेको जनाएको छ । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म चार करोड १३ लाख दुई हजार ४४० सङ्क्रमित भएका छन् । पछिल्लो एक दिनमा भारतमा ९५९ जनाको काेरोना भाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कुल मृतकको सङ्ख्या चार लाख ९५ हजार ५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्