नाइजेरियामा अज्ञात बन्दुकधारीद्वारा एघारको हत्या

नाइजेरियामा अज्ञात बन्दुकधारीद्वारा एघारको हत्या

उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ ।

सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरु हुने गरेको छ । सो हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ ।

आइतबार बिहानीपख ती अज्ञात बन्दुकधारीहरुले कादुनाको जाको काताफ गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।गोली लागेर सो गाउँका ११ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अरु छ जना गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुले यस गाउँका कम्तीमा पनि ३६ ओटा घरमा पनि आगजनी गरेका छन् ।

प्रहरी निकै बेरपछि घटनास्थलमा पुगेको र त्यहाँ घाइते भएकाहरुलाई अस्पताल पुर्याएको थियो । सो हमला कसले र किन गरेको हो भन्ने बारेमा पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्