मोरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु

<span class='c1'>मोरङका चारवटा कुखुरा</span> <span class='c2'>फार्ममा बर्डफ्लु</span>

विराटनगर । मोरङका तीन स्थानीय तहका चारवटा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण देखिएको छ । ग्रामथान, बुढीगंगा र कटहरीका कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि नष्ट गर्नेदेखि सिलगर्नेसम्मको कार्य सुरु गरिएको हो ।

कटहरी गाउँपालिका–७ स्थित पद्यधी बहुउदेश्यीय कृषि फार्ममा रहेका दुई हजार बोइलरमध्ये सातसय वटा कुखुरा मरेपछि नमूना संकलन गरेर परीक्षण गरिएको थियो । नमूनामा बर्डफ्लु पुष्टि भएपछि बाँकी कुखुरा नष्ट गर्न प्राविधिक टोलि परिचालन गरिएको छ । यसैगरी ग्रामथान गाउँपालिका–१ स्थित श्रीगणेश कृषि फार्ममा एक हजार २० वटा कुखुरामा समेत बर्डफ्लु पुष्टि भएपछि नष्ट गर्ने निर्णय गरिएको छ । गणेश साह सञ्चालक रहेको श्रीगणेश फार्ममा केहिदिन अगाडी दुईसय कुखुरा मरेका थिए । मरेका कुखुराको नमूना परीक्षण गराउँदा बर्डफ्लु देखिएपछि अन्यलाई नष्ट गर्ने सोमबार निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

बर्डफ्लु फैलिएको फार्ममा रहेका पंक्षीजन्य वस्तु नष्ट गर्न प्राविधिक टोलि परिचालन गरिएको भेटनरी अस्पताल विराटनगरका डा.सुशिलकुमार अधिकारीले जानकारी दिनुभयो । यसैगरी गत शुक्रबार ग्रामथान–१ खुनियाकट्टामा रहेको काव्या कृषि फार्ममा ३ हजार ५०० लेयर्स मरेका छन् । मरेका कुखुराको नमूना संकलन गरेर पशुपंक्षी रोग प्रयोगशालामा पठाइको थियो । नमूनामा बर्डफ्लु यकिन भएपछि पुनः परीक्षणका लागि केन्द्रीय पशुपंक्षी अन्वेषण प्रयोगशाला काठमााण्डौं पठाइएको थियो । त्यहाँ समेत बर्डफ्लु पुष्टि भएपछि काव्या फार्मका एकहजार ६५० कुखुरा, २० कार्टुन अण्डा, ९०० केजी दाना, ४० बण्डल अण्डा राख्ने क्यारेट नष्ट गरिएको थियो । ग्रामथान गाउँपालिका भेटनरी प्राविधिक अन्चलराज नेपालका अनुसार बर्डफ्लु देखिएका फार्मको निर्मलीकरण गरेर ४५ दिनसम्मका लागि सिल गरिएको छ ।

बुढीगंगा गाउँपालिका–५ स्थित रास एग्रोभेट फार्ममा रहेका परेवा समेत मरेपछि त्यसको नमूना समेत परीक्षण गर्दा बर्डफ्लु देखा परेको छ । रास फार्मका २५ जोर परेवा र २५० केजी दाना नष्ट गरिएको छ ।
जिल्लाका केहि फार्ममा बर्डफ्लु पुष्टि भएपछि जिल्लास्थित बर्डफ्लु नियन्त्रण समितिको बैठकले सबै स्थानीय तहलाई फार्महरुको निगरानी गर्नका लागि पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दाहालले छिमेकी जिल्लामा समेत समन्वय गर्ने काम भईरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले नष्ट गरिएका पंक्षीजन्य वस्तु र सामाग्रीको नियमानुसार क्षतिपूर्ति र व्यवस्थापनका लागि प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुश सेवा विभागसँग रकम माग गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्