मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

युरोपेली मुलुक मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

प्रधानमन्त्री नातालिया गार्भिलिताले नै आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको मंगलबार पुष्टि भएको जानकारी दिनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, “मेरो पिसिआर परीक्षण गर्दा आज सङ्क्रमण भएको रिपोर्ट आएको छ ।” उहाँले आफूलाई स्वास्थ्य समस्या नभएको स्पष्ट पार्दै केही समय घरबाटै वा अनलाइनबाटै काम गर्ने जानकारी दिनुभयो । मोल्डोभामा पछिल्लो २४ घण्टामा चार हजार ३४८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल १३ हजार ९८८ जनाको परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको हो ।

कुल ३५ लाख जनसङ्ख्या भएको मुलुकमा अहिलेसम्म चार लाख ४५ हजार ४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्