भरतपुरको सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुल अब ‘द ब्रिटिस कलेज’ को व्यवस्थापनमा

भरतपुरको सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुल अब ‘द ब्रिटिस कलेज’ को व्यवस्थापनमा

काठमाडौं । चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुल अब ‘द ब्रिटिस कलेज’ को व्यवस्थापनमा सञ्चालन हुने भएको छ ।

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो । सत्यम स्कुल टीबीसीको व्यवस्थापनमा आएसँगै दक्षिण नेपालको अग्रणी शैक्षिक संस्थाहरुमध्येको एक बनाउनका लागि केही उल्लेखनीय परिवर्तनहरु हुने भएका छन् । अब सत्यम स्कूलबाट विश्वस्तरीय शिक्षा प्रदान गर्नका निम्त्ति स्कुलमा अत्याधुनिक भौतिक सुविधाहरुसँगै बेलायका दक्ष तथा अनुभवी शिक्षकहरु मार्फत् पठनपाठनको व्यवस्था मिलाइएको छ ।

व्यवस्थापनसँगै स्कुल ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बन्ने जनाईएको छ । ब्रिटिस एजुकेशन ग्रुपले काठमाडौं, लण्डन तथा दुबईमा कलेजहरु सञ्चालन गर्दै आइरहेको छ । साथै, यसले नेपालका विभिन्न क्षेत्रहरुमा रहेका स्कुलहरुको व्यवस्थापन पनि थालेको छ । त्यसैगरी पोखरामा छिट्टै स्कुल खोल्ने अवस्थामा रहेको जानकारी छ । करिब ६ महिना अघिदेखि लुम्बिनी प्रदेशस्थित नमस्ते ऐकेडेमी रुपन्देही पनि यसै ग्रुप अन्तर्गत सञ्चालन भईरहेको छ ।

नमस्तेपछि कलेजले सत्यमको पनि व्यवस्थापन गर्न लागेको हो । लामो समयदेखि ब्रिटिश कलेजको सल्लाहकार समितिमा रहेका तथा ब्रिटिश एजुकेशन ग्रुपका वरिष्ठ सल्लाहकार पाउल क्लिभ्स एमबीईले छोटो समयमै नमस्ते एकेडेमीको कुशल व्यवस्थापनको बाटोमा देखिन यो समूह सफल भएकोले सत्यम स्कूलको व्यवस्थापन पनि राम्रो हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘हामीले नमस्ते एकेडेमीको व्यवस्थापन थालेपछि ठूलो सुधार भएको देखेका छौं । त्यसैले हामीले सत्यम जेभियर्स इङ्लिस बोर्डिङ स्कुललाई पनि शिक्षा क्षेत्रमा गरिएको दशौं वर्षको विश्वव्यापी अनुभवले अझ अगाडि बढ्न र नेपालमा उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नेछ ।’

ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक राजन कँडेलले भने, ‘हामीले थापाथलीमा थन् २०१२ मा द ब्रिटिस कलेज स्थापना गरेका हौं । हाम्रा अन्तराष्ट्रिय अनुभव र बिशेषताहरु नेपालका विद्यार्थीहरुलाई बाँड्दै अगाडि बढ्न चाहन्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्