नेप्सेमा दोहोरो अङ्कको गिरावट

<span class='c1'>नेप्सेमा दोहोरो</span> <span class='c2'>अङ्कको गिरावट</span>

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा १४.६० अङ्कले गिरावट आई दुई हजार ८७६.७४ मा ओर्लेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२५ अङ्कले ओरालो लागेर ५३९.६५ मा सीमित भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने आज बढेको छ । कूल २२४ कम्पनीको एक करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर रु.आठ अर्ब ६१ करोड २१ लख ७४ हजार १६२ मा खरिद बिक्री भए । कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ । एघार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

जलविद्युत् ६.१६ र निर्जीवन बीमा १२.१७ अङ्कले उकालो लागेको छ । बैंकिङ ६.१८, व्यापार २२.८७, होटल तथा पर्यटन ३८.६४, विकास बैंक ५४.२९, वित्त ३३.७१, उत्पादन ७९.४१, अन्य ९.३, लघुवित्त ५४.३३, जीवन बीमा १७२.७४, सामूहिक लगानी कोष ०.१ र लगानी ०.५७ अंकले ओरालो लागेको छ ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु.४० खर्ब ६५ अर्ब ३७ करोड २६ लाख २७ हजार २२३ बराबर पुगेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु.८२ करोड ७० लाख ३५ हजार ३३६ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु.५२ करोड ५० लाख १८ हजार ७२२, शिखर इन्स्योरेन्स रु.२६ करोड ८० लाख ६८ हजार ४४, नेशनल हाइड्रोपावर रु.२४ करोड ८१ लख ७८ हजार २५९ र एचआइडिसिएल रु.२४ करोड ३७ लाख ३५ हजार १३६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त १०, बुद्धभूमि नेपाल हाइड्रोपावर ९.७३, साहस ऊर्जा ६.०६, अरुण भ्याली हाइड्रोपावर ५.३३ र मैलुङ खोला जलविद्युत् परियोजनाका लगानीकर्ताले ४.२५ प्रतिशतले कमाए । आरएमडिसी लघुवित्त ३.४९, पोखारा फाइनानस ३।०७, गुर्खाज फाइनान्स २.९९, एनएमबी हाइब्रिड फण्ड २.७८ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.७५ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्