अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड

अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड

विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ ।

यहाँका खोप पाएका नागरिकको सङ्ख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको हो । अहिले अफ्रिकामा कोभिडविरुद्धको खोप लगाउने नागरिकको जनसङ्ख्या जम्मा ११ प्रतिशत मात्र छ । यो विश्वका अरु देशहरुको तुलनामा निकै नै थोरै हो ।

विश्व स्वास्थ्य सङ्गठनले यही सन् २०२२ को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने लक्ष्य तय गरेको छ । तर अफ्रिकामा भने अहिलेसम्म पूर्ण मात्रा खोप लगाउने नागरिकको सङ्ख्या ११ प्रतिशत मात्र हुनु दुःखद हो भन्दै अफ्रिकालाई सहयोग गर्न विश्व समुदायलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह पनि गरेको छ ।

अफ्रिकाका लागि विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा अफ्रिकाका क्षेत्रीय निर्देशक मातासिदी मोएतीले सो कुरा बताउनुभएको हो । उहाँले लामो समयदेखि अफ्रिका खोपको पर्खाइमा बसेको भन्दै तर अझै पनि उपलब्ध हुन नसकेकाले सो कुरा बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्