गृहमन्त्री खाँणद्वार मेलम्ची खोलाको पुल उद्घाटन

<span class='c1'>गृहमन्त्री खाँणद्वार मेलम्ची</span> <span class='c2'>खोलाको पुल उद्घाटन</span>

गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गर्नुभएको छ ।

गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो ।

करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ । बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेर्होदै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौंलगायतका स्थानमा जान सजिलो भएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्