फागुन १ गतेदेखि विद्यालय खुल्ने

<span class='c1'>फागुन १ गतेदेखि</span> <span class='c2'>विद्यालय खुल्ने</span>

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने सिफारिस गरेको छ । विद्यालयमा विद्यार्थीको उपस्थितिमै कक्षा सञ्चालन गर्नका लागि सिफारिस गरेको हो ।

यसैगरी सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र को बैठकले सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् । सीसीएमसीसीकी प्रवक्ता नेपालका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो ।

साथै फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि सिफारिस गरेको छ । रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । नेपालले अनलाइनखबरसँग भनिन्,’पाटी प्यालेसमा फुल क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न सरकारलाई सिफारिस भएको छ । तर, अहिले नै भेला, सभा सम्मेलनका लगाइएको प्रतिबन्ध खुला गरिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्