रोकी राखेको ट्रकमा कार ठोकिदा तीनजनाको मृत्यु, दुई घाइते

<span class='c1'>रोकी राखेको ट्रकमा कार ठोकिदा</span> <span class='c2'>तीनजनाको मृत्यु, दुई घाइते</span>

बुटवल । बुटवल उपमहानगरपालिका १२ तामनगरमा सोमवार विहान करिव ५ बजे सडक किनारमा रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाईते भएका छन ।

पश्चिमदेखि पूर्व जाँदै गरेको लु २ ख ९७७२ नम्बरको ट्रक सडक किनारमा रोकिएको थियो । सो ट्रकमा लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको हो । घटनामा परी बुटवल १३ का अन्दाजी २८ वर्षिय सविन चौधरी, सोही स्थानकै २७ बर्षीय गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते भएका छन भने बुटवल १२ का अनिश जिसी सामान्य घाइते भएका छन ।
बुटवल उपमहानगरपालिका –१२ स्थित तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीका प्रहरी निरिक्षक जीवन लामिछानेले बताउनु भयो ।

दुर्घटनामा परि घाइते दुईजनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्