अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा १० कपन आकासेधाराबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय पासाङ छिरिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले छिरिङलाई शंकास्पद अवस्थामा फेला पारी उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका घर भएका २७ वर्षीय खगेस खत्रीले राख्न दिएको भनी खुल्न आएपछि बुढानिलकण्ठ नगरपालिका धबमब ६ गोपिकृष्ण हल नजिकबाट उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

कास्की, पोखरा महानगरपालिका वडा ३२ मजुवाबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका वडा २६ सुन्दरीडाँडा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.४ ख १०८० नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, मायादेवी गाउँपालिका वडा ४ ठाकुरापुरस्थित सडकबाट नियन्त्रित लागूऔषध स्पास्मो ५ सय ३६ ट्याब्लेट र नाइट्राभेट ९० ट्याब्लेट सहित कपिलवस्तु नगरपालिका वडा ७ धरमपनियाँ बस्ने २८ वर्षीय अफ्तर अलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु.३३ प ९३०६ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी चाकरचौँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अलीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका वडा ८ जोलाहान पुरुवाबाट करिब १९ ग्राम ५ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २५ वर्षीय मोहमद अली कवाडियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्