कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

<span class='c1'>कर्णालीमा फागुन १ गतेदेखि</span> <span class='c2'>शैक्षिक संस्था खोल्ने निर्णय</span>

कर्णाली । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मंगलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले खोप लगाउनुपर्ने उमेर समूहका विद्यार्थीलाई तत्काल खोपको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले कोभिड १९ को नयाँ भेरियन्टको प्रभाव बढ्दै गएको अवस्थामा विभिन्न कार्यालयबाट सेवा प्रवाह गर्दा हाल लागू गरिएको आलोपालो र बार प्रणाली हटाइ पूर्ववत रुपमा सेवा प्रवाह गर्ने र जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गराउन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिने बताउनुभयो ।

बैठकले वीरेन्द्रनगरस्थित सबै किसिमका पार्कहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै खुला राख्ने निर्णय गरेको छ । कोभिडको नयाँ भेरियन्टको प्रभाव बढ्न थालेपछि यहाँका बुलबुले उद्यान, सहिद पार्कलगायतमा प्रवेश रोक लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्