कास्की । पोखरा महानगरपालिका वडा २७ बगदी खोला भन्ने स्थानबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल फेनरागन, ४७ एम्पुल नुफिन र ४७ एम्पुल डाईजोपाम सहित सोही महानगरपालिका वडा १७ कुमाल गाउँ बस्ने २७ वर्षीय सरोज कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, जलेश्वर नगरपालिका वडा ८ फुलहट्टा बस्ने राधेश्याम सिंहको जग्गामा रहेको परालको कुनिउमा लुकाई राखेको करिब ४१ केजी अवैध लागूऔषध गाँजा प्रहरीले मंगलबार राति बरामद गरेको छ । उक्त स्थानमा लागूऔषध लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले कुनिउभित्र ५ वटा बोरामा प्लाष्टिकको झोलाले प्याक गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो:फाइल