मन्त्री खतिवडाद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

<span class='c1'>मन्त्री खतिवडाद्वारा शताब्दी पुरुषको</span> <span class='c2'>स्वास्थ्य अवस्थाबारे जानकारी</span>

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको छ ।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उहाँले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहुनभएका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

सो अवसरमा मन्त्री खतिवडाले उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उहाँलाई सुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्