चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित १ जना पक्राउ

<span class='c1'>चाँदी जस्तो देखिने ३ किलो सेतो</span> <span class='c2'>धातु सहित १ जना पक्राउ</span>

काठमाडौं । दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित काठमाडौं न्यूरोड बस्ने भारत वेस्ट बङ्गाल घर भएका २६ वर्षीय पिण्टु मण्डललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्‍जबाट काठमाडौं आउँदै गरेको ना.१ ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई उक्त धातु सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्