दुई सातादेखि बाह्य सम्पर्कमा छैन लिमी

<span class='c1'>दुई सातादेखि बाह्य</span> <span class='c2'>सम्पर्कमा छैन लिमी</span>

हुम्ला । हुम्लाको उत्तरी उच्च हिमाली भागमा अवस्थित नाम्खा गाउँपालिका-६ लिमी दुई सातादेखि बाह्य सञ्चार सम्पर्कमा छैन। त्यहाँस्थित वर्ल्डलिंक कम्युनिकेशनले काम नगरेपछि सेवा प्रवाहमा समस्या भएको हो।

करिब दुई सातादेखि इन्टरनेटले काम नगरेपछि त्यस क्षेत्रका सेवाग्राही मर्कामा रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए।

वर्ल्डलिंक कम्युनिकेसनले काम नगर्दा वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत बन्द भएको वडाध्यक्ष तामाङले जानकारी दिए। इन्टरनेटमार्फत हुने विभिन्न काम प्रभावित भएका छन्।

नाम्खामा गत बिहीबार र शुक्रबार भारी हिमपात भएको थियो। सोही कारण इन्टरनेटले काम गर्न छाडेको हुनसक्ने वडाध्यक्ष तामाङको भनाइ छ। बाक्लो हिमपातका कारण इन्टरनेट सञ्चालनमा नआएपछि इमेल, भाइवर, फेसबुक, ह्वाट्सएप र विच्याटबाट हुने कामसमेत प्रभावित भएको वडाध्यक्ष तामाङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्