चितवनको राप्तीमा देखियो बर्डफ्लू

<span class='c1'>चितवनको राप्तीमा</span> <span class='c2'>देखियो बर्डफ्लू</span>

चितवन । चितवनमा बर्डफ्लू रोगको संक्रमण पुन: देखिएको छ। राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौं पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बर्डफ्लूको एचफाइभ एनवान सङ्क्रमण देखिएको हो।

उक्त फर्ममा दुई हजार कुखुरा छन्। उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने तामाङले बताए। फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ। शङ्कास्पद फर्मको नमूना सङ्कलन गरी परीक्षण गरिने तामाङले जानकारी दिए।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्