सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगी असन्तुष्टि

<span class='c1'>सरकारले निर्धारण गरेको दूधको</span> <span class='c2'>मूल्यप्रति डेरी उद्योगी असन्तुष्टि</span>

विराटनगर । सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगीले असन्तुष्टि जनाएका छन् ।

मन्त्रिपरिषद्बाट कच्चा दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले प्रशोधित दूधको उपभोक्ता मूल्य वृद्धि गरेको छ । यो वृद्धिमा कच्चा दूधको मूल्यमा ६.५२ पैसा वृद्धि गरी प्रतिलिटर ५६.४० रुपियाँ र प्रशोधित दूधको मूल्य नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण भएको छ । डीडीसीले निर्धारण गरेको उपभोक्ता मूल्यमै निजी क्षेत्रले पनि दूध बिक्री गर्नुपर्छ ।

तर यस पटक निजी क्षेत्रका डेरी उद्योगीले आफ्नो प्रशोधित दूधको मूल्य आफैँ निर्धारण गर्दै डीडीसीको भन्दा एक रुपियाँ बढेर प्रतिलिटर मूल्य ८६ रुपियाँ बनाएका छन् । डेरी उद्योगीको छाता सङ्गठन डेरी उद्योग सङ्घ र नेपाल डेरी एसोसिएसनले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गरी दूधको मूल्य सार्वजनिक गरेका हुन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्