स्वर्गिय टेन्डी शेर्पाको स्मृतीमा बास्केटबल प्रतियगिता हुने

स्वर्गिय टेन्डी शेर्पाको स्मृतीमा बास्केटबल प्रतियगिता हुने

विराटनगर । नेपाल बास्केटबल संघले ‘लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

संघका अध्यष रहेका स्वर्गिय लामाको स्मरणमा आयोजित उक्त प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको हो ।

संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले प्रतियोगितामा पुरुषतर्फ एक विदेशी टिम सहित १४ टिम तथा महिलामा ५ टिमको सहभागिता रहने तयारी रहेको छ ।

विदेशी टलीका रुपमा बंगलादेशको नेभी टिम सहभागी हुने सम्भावना रहेको संयोजक विकास शाहीले जानकारी दिए ।

पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरेर लिग कम नकआउट ढाँचामा खेलाईने र महिलातर्फ राउन्ड रोविन लिग पद्धतिमा खेलाईने बताईएको छ ।
दुवैमा उपाधि जित्ने टोलीले ५० हजार तथा दोश्रोले २५ हजार नगद पुरस्कार पाउने छन। आयोजकले दुवैतर्फका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने जानकारी दिएका छन । प्रतियोगिताको सबै खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

लामा राखेपको उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्