प्रधानन्याधीश विरुद्ध महाअभियोग : ९८ सांसदको हस्ताक्षर, तीनजना प्रस्तावक

<span class='c1'>प्रधानन्याधीश विरुद्ध महाअभियोग : ९८</span> <span class='c2'>सांसदको हस्ताक्षर, तीनजना प्रस्तावक</span>

विराटनगर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार दर्ता भएको महाभियोगमा तीन पार्टीका तीनजना प्रस्तावक रहेका छन् । नेपालको संविधानको धारा १०१ बमोजिम दर्ता भएको महाभियोगमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका सांसद प्रस्तावक रहेका छन् ।

महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् । महाभियोगको प्रस्तावकमा देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ छन् । यसमा कूल ९८ जना सांसदहरुको हस्ताक्षर रहेको छ । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बिहान ११ बजेर १० मिनेटमा जाँदा महाभियोग दर्ता गरिएको हो । पाण्डेका अनुसार यो फरक प्रकृतिको प्रस्ताव रहेका कारण यसको दर्ता नम्बर १ रहेको छ ।

संविधानको धारा १०१ को उपधारा (२) बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्