विराटनगर । बाराको निजगढ नगरपालिका वडा ८ स्थित सडकबाट सोही नगरपालिका वडा ७ बस्ने ४० वर्षीय मुन्ना लोप्चनलाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ना.६० प ८२४२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मुन्नालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका वडा १६ चालिसकिलोबाट ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका वडा ६ बस्ने २२ वर्षीय बिकेश तेली र पालिनन्दन गाउँपालिका वडा १ बस्ने १९ वर्षीय करन कुर्मी रहेका छन् । लु.७५ प ५८४५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागूऔषध लिन आएका देवचुली नगरपालिका वडा १४ बस्ने २७ वर्षीय विशाल न्यौपानेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, भजनी नगरपालिका वडा ६ महादेउलिस्थित सडकबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्गोरिया गाउँपालिका वडा १ बस्ने २४ वर्षीय रोहित खड्का, सोही गाउँपालिका वडा ६ बस्ने २० वर्षीय अन्जान डंगौरा र सोही गाउँपालिका वडा १ बस्ने २२ वर्षीय अर्जुन चौधरी रहेका छन् । से.३ प ९४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सूर्यापुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो: साङ्केतिक