विराटनगरका युवाहरुले बनाएको नेपाली सर्ट फिल्म ‘बाडुल्की मनहरु’ सार्वजनिक

विराटनगरका युवाहरुले बनाएको नेपाली सर्ट फिल्म ‘बाडुल्की मनहरु’ सार्वजनिक

विराटनगर । विराटनगरका युवाहरुले बनाएको नेपाली सर्ट फिल्म ‘बाडुल्की मनहरु’ सार्वजनिक भएको छ ।

सोमबार उनीहरुको आधिकारिक युट्युब च्यानल मार्फत उक्त सर्ट फिल्म सार्वजनिक भएको हो । फिल्ममा प्रणय दिवस र ४ छुट्टाछुट्टै मनहरुको कथा देखाईएको छ । फिल्ममा ८ जना नयाँ कलाकारहरूले पहिलोपटक अभिनय गरेका छन् । चलचित्र लेखन तथा भिडियो सम्पादन निर्देशक लकेश दंगाल, छायांकन् सन्जिव चाम्लिङ र सम्पादन आयुष आचार्यले गरेका छन् । सर्टको फिल्मको मिडिया पार्टनरमा आवर विराटनगरलाई राखिएको छ ।

सोमबार सार्वजनिक भएको उक्त सर्ट फिल्म हालसम्म भने १ हजार ७ सय बढी दर्शकले हेरिसकेका छन् ।

भिडियो लिंक :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्