फ्रान्समा आगलागी हुँदा सात जनाको मृत्यु

फ्रान्समा आगलागी हुँदा सात जनाको मृत्यु

दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन् ।

फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो ।

आगो भुइँतलामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूलाई असर गरेको थियो ।

आगलागीमा परी करिब ३० जना घाइते भएको बताइएको छ । मन्त्रीका अनुसार घटनाबारे अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्