बङ्गलादेशमा १० करोड मानिसले कोभिड–१९ विरुद्धको खोप लगाए

बङ्गलादेशमा १० करोड मानिसले कोभिड–१९ विरुद्धको खोप लगाए

बङ्गलादेशले कोभिड–१९ विरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ ।

आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो ।

स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार फेब्रुअरीसम्ममा देशमा १०१,१९०,८९० मानिसहरूले खोपको पहिलो डोज (५२,०८४,४४२ चिनियाँ खोपको डोजसहित) लगाएका छन् ।

त्यसैगरी करिब ७ करोड मानिसहरूलाई दुवै मात्राको खोप लगाइएको छ । जसमा मङ्गलबारसम्म ४६,९५९, २०३ ले सिनोफार्म प्राप्त गरेका छन् । बङ्गलादेशले गत जनवरीमा महामारी नियन्त्रण गर्ने उद्देश्यले कोभिड खोप अभियान शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्