अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

<span class='c1'>अफगानिस्तानका लागि सहयोग गर्न</span> <span class='c2'>राष्ट्रसंघीय महासचिवको आग्रह</span>

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

उहाँले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय संकट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

उहाँले अफगानिस्तानमा तालिबान शासन सुरु भएपछि यहाँका नागरिक समस्यामा परेका र जसका कारण ठूलो मात्रामा मानवीय सहयताको खाँचो परेको बताउनुभएको छ । उहाँले संयुक्त राष्ट्रसंघले पनि अफगानिस्तानलाई सहयोग गरिरहेको भन्दै अरु विदेशी दाता देशहरु तथा सहयोगी निकायहरुलाई पनि सो आग्रह गर्नुभएको छ ।

महासचिव गुटर्रेसले अफगानिस्तानका लागि विशेष पहल र अभियान सञ्चालन गर्न जरुरी रहेको बताउनुभएको छ ।यहाँका नागरिकको अवस्था नाजुक रहेको, खाना आधारभूत औषधि तथा अन्य अत्यावश्यकताका साधनहरुको पनि खाँचो परिरहेकाले यसका लागि सबैको सहयोग आवश्यक रहेको महासचिव गुटर्रेसको जोड छ ।

अफगानिस्तानलाई खाद्यान्न, लत्ताकपडा, औषधिजस्ता विषयहरु विभिन्न देश र दाताहरुले पछिल्लो समयमा सहयोग गरिरहेका छन् । तर पनि त्यो सहयोग पर्याप्त नरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्