सन् २०२१ सम्ममा १ लाख ९४ सिरियालीलाई टर्कीको नागरिकता प्रदान

<span class='c1'>सन् २०२१ सम्ममा १ लाख</span> <span class='c2'>९४ सिरियालीलाई टर्कीको नागरिकता प्रदान</span>

टर्कीस सरकारले सन् २०२१ मा मात्र करिब १ लाख ९४ हजार सिरियाली नागरिकलाई टर्कीको नागरिकता प्रदान गरिएको जानकारी दिएको छ ।

सो सरकारले दिएको जानकारी अुनसार सन् २०२१ सम्ममा टर्कीमा पुगेर शरणार्थीका रुपमा बसिरहेका ती सिरियालीलाई टर्कीको नागरिकता प्रदान गरिएको हो ।

टर्कीस् सरकारले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार ती १ लाख ९४ हजार नागरिकमध्ये ८४ हजार जनाजति बालबालिका पनि रहेका छन् ।सिरियामा गृहयुद्ध सुरु भएपछि त्यहाँका नागरिकहरु छिमेकी लगायतका देशहरुमा शरणा लिन पुगेका छन् । यसरी यहाँका लाखौँलाख नागरिकले देश छोडेर भागेका छन् । यसरी भागेर शरणार्थी बन्न बाध्य भएका नागरिकमध्ये टर्कीमा मात्र ३७ लाख जना रहेका छन् ।

टर्कीस् सरकारले त्यहाँ रहेका ३७ लाख सिरियाली नागरिकलाई अस्थायी शरण दिएर राखेको जनाएको छ । उनीहरुले पनि टर्कीस् नागरिकका लागि आवेदन गरेका तर पनि उनीहरु सबैलाई नागरिकता दिन सो सम्भव नभएको समाचारमा जनाइएको छ ।

सिरियामा सन् २०११ देखि सुरु भएको सरकार विरुद्धको आन्दोलन निकै लामो समयदेखि जारी रहेपछि त्यहाँ यसले गृहयुद्धको रुप लिएको छ ।यहाँ अहिले पनि हिंसा जारी रहेकाले यहाँका नागरिकहरु आन्तरिक रुपमा शरणार्थी बन्ने तथा देश छोडेर भाग्ने क्रम जारी नै रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्