सवारी दुर्घटना गरी फरार चालक पक्राउ

<span class='c1'>सवारी दुर्घटना गरी</span> <span class='c2'>फरार चालक पक्राउ</span>

विराटनगर । काठमाडौं महानगरपालिका-१६ गंगाहल नजिक सडकमा बिहीबार बिहान भएको सवारी दुर्घटना (हिट एण्ड रन) का चालक धादिङ सिद्धलेख गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका-५ घर भएका १८ वर्षीय बिकाश तामाङ र काठमाडौं महानगरपालिका-१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापाको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङ, धादिङबेशीबाट बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको धादिङ-काठमाडौं रुटमा चल्ने बस सहित पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको हो ।

घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्