सुनको मूल्य प्रतितोला ९७ हजार

सुनको मूल्य प्रतितोला ९७ हजार

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज आठ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार पाँच सय तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार सात सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर रु.एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०८ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्