विराटनगर । नवलपरासी (पूर्व), देवचुली नगरपालिका वडा ३ घुमाउने भिर बस्ने ५१ वर्षीय सूर्य बहादुर फाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.५१ हजार ८ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
डोटी, पूर्वीचौकी गाउँपालिका वडा २ बग्लेकस्थित हिरा श्रिमालको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद रु.१ लाख ३८ हजार ८ सय ८७ रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो:फाइल