नेपाल र युएई टि-२० विश्वकप प्रवेशको खेल खेल्दै

नेपाल र युएई टि-२० विश्वकप प्रवेशको खेल  खेल्दै

विराटनगर । टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा आज नेपालले युएईसंग प्रतिस्पर्धा गर्दैछ ।

खेल जिते नेपाली टिम यो वर्ष अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट हुनेछ । नेपाल समुह ‘बि’ को विजेताको रुपमा सबै तिन खेल जित्दै तथा युएई समुह ‘ए’ को उपविजेताको रुपमा २ जित र १ हार बेहोर्दै सेमीफाइनल पुगेको हो ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्