बलम्बुमा १४ वर्षीय बालकको शव फेला

बलम्बुमा १४ वर्षीय बालकको शव फेला

काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ ।

चन्द्रागिरि–१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका–७ घर भई हाल चन्द्रागिरि–१० सानो मन्दिर बस्दैआएका एक बालकको शव फेला परेको उहाँले जानकारी दिनुभयो । बालकको नाम भने खुलाइएको छैन ।

प्रवक्ता मैनालीले शव फेला परेसँगै महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र फरेन्सिक मेडिसिन डाक्टरको टोली घटनास्थलमा पुगेर शवलाई परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताउनुभयो । शवमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । मृत्युका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिनुभयो ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्