विराटनगर । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ ।
लामाको भक्तपुरमा रहेको आफ्नै निवासमा निधन भएको हो । मंगलबार राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो ।
दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए ।
उनले गाएका र संगीत भरेका थुप्रै गीतहरु नेपाली संगीतबजारमा चर्चित छन् । लामा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय थिए । उनले धेरै नेपाली चलचित्र, टेलिश्रृंखला, नाटकमा अभिनय गर्नु भएको छ ।
फोटो:फाइल