चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

<span class='c1'>चीन र अमेरिकी</span> <span class='c2'>विदेशमन्त्रीबीच फोनवार्ता</span>

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ ।

उहाँहरुका बीचमा मङ्गलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उहाँहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।

त्यस क्रममा उहाँहरुका बाीचमा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको अवस्थाका बारेमा कुराकानी भएको थियो । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले कुराकानीका क्रममा अमेरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना पाएको भन्दै अमेरिका त्यसको विरुद्धमा रहेको बारेमा आफ्नो धारणा राख्नुभएको बताइएको छ ।

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको अमेरिकाले त्यसको व्यापक विरोध गरेको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुसले ठूलो सङ्ख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रुसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।

अमेरिका, बेलायतलगायतका पश्चिमा देशले भने रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् । रुसले त्यहाँबाट आफ्नो सेना कम गरेको बताए पनि अझै पनि त्यहाँ करिब एक लाखको सङ्ख्यामा रुसी सेना रहेको अमेरिकाले बताउँदै आएको छ ।

पश्चिमा देशले रुसले युक्रेनमा हमलाको तयारी गरेको भन्दै रुसमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्