अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

सप्तरी । सप्तकोशी नगरपालिका वडा २ सखुवनिस्थित सडकबाट करिब ६ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा १३ लक्ष्मिपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका वडा ८ हडिया बस्ने ३४ वर्षीय बिधानन्द चौधरी रहेका छन् । प्रदेश १-०५-००१ प ४५९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी फतेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

रुपन्देही, कञ्चन गाउँपालिका वडा ३ झारगैराबाट करिब ७ ग्राम ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय देवेन्द्र बहादुर खत्री र सोही गाउँपालिका-५ थकाली चोक बस्ने २९ वर्षीय नवराज पराजुली रहेका छन् । ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्