दक्षिण कोरियामा ५-११ वर्षसम्मका बालबालिकालाई पनि खोप दिइने

<span class='c1'>दक्षिण कोरियामा ५-११ वर्षसम्मका</span> <span class='c2'>बालबालिकालाई पनि खोप दिइने</span>

दक्षिण कोरियामा ५-११ वर्षसम्मका बालबालिकाहरुलाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ ।

देशको औषधि सुरक्षा सम्बन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि बालबालिकालाई सुरक्षित राख्नका लागि खोप लगाउने निर्णय गरिएको हो । १२ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि नै खोप लगाउन अनुमति दिइएको थियो । तीन हप्ताको अन्तरमा बालबालिकाहरुलाई दुई खोप दिइने भएको छ ।

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ४५२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्