एमसीसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैन : मन्त्री झाँक्री

एमसीसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैन : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कि त सरकार छोडेर सडकमा जानु पर्‍यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।”सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले थप्नुभयो, “विरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।” सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उहाँले एमसीसी गलत भए आँफुहरु ब्याक हुने बताउनुभयो ।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उहाँले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताउनुभयो । एमसीसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उहाँको भनाइ थियो । पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उहाँले यस विषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो । तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसदमा एमसीसी टेबुल गर्न चाहेको भन्दै उहाँले अहिले (नेकपा एमाले)को मौनताले केही असहज बनाएको बताउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्