अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार ४ सय ७० ट्याब्लेट सहित महोत्तरी जलेश्वर नगरपालिका-६ बस्ने २५ वर्षीय किसन कुमार मिश्रलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६४१२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मिश्रलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, तारकेश्‍वर नगरपालिका-६ पैयुटार हाइटस्थित एरियाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, नुर्फिन ३२ एम्पुल, नगद ६१ हजार रूपैयाँ, मोबाइल ३ थान र प्रदेश ३-०२-००३ प ९२२५ नम्बरको स्कुटर सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-८ लामबगर घर भएका २४ वर्षीय प्रविण महर्जन र ३० वर्षीय सुशिल श्रेष्‍ठ रहेका छन् । बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, सिम्रौनगढ नगरपालिका-२ महुवाहीबाट करिब ७५ केजी अवैध लागूऔषध सहित भारत विहार मोतियारीग्राम पिपरा बस्ने ४० वर्षीय हिरदेश गिरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ५ वटा जुटको बोरा बोकी नेपालबाट भारततर्फ जाँदै गरेका ७/८ जना व्यक्तिहरू तथा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल बिओपी गोलागञ्जबाट खटिएको संयुक्त गस्ती टोलीबीच जम्काभेट हुँदा उनीहरुले प्रहरीलाई लक्षित गरी फायरिङ गरेपश्चात प्रहरीले आत्मसुरक्षाका लागि जवाफी फायर गर्दा घाइते भएका १ जना पुरुषलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल कलैया लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । साथै उनीहरूमध्ये गिरीलाई उक्त परिमाणको लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुर, राक्सिराङ गाउँपालिका-५ चैनपुर बगरस्थित भित्री सडकबाट करिब ८ केजी अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-७ भार्ता बस्ने २८ वर्षीय सुबिन्द्र दर्जीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ग.१ ख ४३३९ नम्बरको बसलाई प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्