अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

बाँके, नेपालगंज उपमहानगरपालिका वडा १५ जमुनाहाबाट करिब ३ केजी अवैध लागूऔषध चरेश सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका वडा ४ बस्ने ४० वर्षीय वीरेन्द्र हमाल, ३८ वर्षीया दिपा बुढा र जाजरकोट शिवालय गाउँपालिका वडा २ बस्ने २३ वर्षीया खिमा खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, चुरे गाउँपालिका वडा ५ लिसबेली बस्ने आईते जाग्रीलाई करिब १३ केजी अवैध लागूऔषद चरेश जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिएको संयुक्त टोलीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका वडा ३ मिलन चोक प्रगती टोलस्थित प्रेमा चौधरीको डेरा कोठाबाट करिब ३ ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोही उपमहानगरपालिका वडा २ सन्तोषी टोल बस्ने ३१ वर्षीय मनोज जोशीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मनोज जोशीको साथमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका वडा १० रक्षामार्गबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, फेनारगन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल र र मोबाइल १ थान सहित सोही ठाउँ बस्ने म्याग्दी रघुगंगा गाउँपालिका वडा ७ चिमखोला घर भएका २१ वर्षीय सन्दिप पुनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्