जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

<span class='c1'>जुवातास खेलिरहेको अवस्थामा</span> <span class='c2'>१२ जना पक्राउ</span>

ललितपुर । ललितपुर महानगरपालिका-१२ टंगाल बस्ने निरज खड्गीको गाडी ग्यारेजभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जाफुरी बस्ने श्याम खड्गी लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ग्यारेजभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद रू.८८ हजार ६ सय ५५ रूपैयाँ, कौडा २ सेट, पासा २ सेट र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्