प्रदेश मन्त्रालयका कर्मचारी दरबन्दी स्वीकृत

प्रदेश मन्त्रालयका कर्मचारी दरबन्दी स्वीकृत

विराटनगर । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायहरूको संगठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले चारवटा महत्वपूर्ण निर्णय गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभयो ।

मन्त्री यादवका अनुसार स्थानीय तहले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी गरेको प्रस्ताव स्वीकृत गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने, प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्