भारतमा थप १३ हजार नयाँ सङ्क्रमित

भारतमा थप १३ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् ।

सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २८ लाख ९४ हजार २३५ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने एक लाख ३४ हजार २३५ छ । त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या भने पाँच लाख १३ हजार २२६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये चार करोड २२ लाख ४६ हजार ८८४ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये २६ हजार ९८८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्