अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

विराटनगर । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट १ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ बस्ने ४१ वर्षीय श्याम कुस्लेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख ५२१ नम्बरको हाईस गाडीलाई प्रहरीले जाँच गर्दा गाडीमा सवार श्यामलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट करिब ४ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित काभ्रे घर बताउने ३५ वर्षीय सुबराज तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख ३१८५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै सोही प्रभागबाट खटिएको प्रहरीले बा.५ ख ५७ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार धादिङ धाक्रे गाउँपालिका वडा ४ बस्ने ४२ वर्षीय बिनोद तामाङलाई १ किलोग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित फेला पारी शनिबार बिहान पक्राउ गरेको छ ।

उदयपुर, बेलका नगरपालिका वडा ८ कोठुपुलस्थित सडकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजासहित सुनसरी ईटहरी उपमहानगरपालिका-२० तरहरा बस्ने ३९ वर्षीय संजय राईसमेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मैनामनिबाट चतहरातर्फ जाँदै गरेको को.२ च ३०४४ नम्बरको महेन्द्र पिकअपलाई अस्थायी प्रहरी चौकी कोठुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक संजय समेत २ जनालाई पक्राउ गरेको हो ।

चितवन, राप्ती नगरपालिका वडा ५ चौकी डाँडाबाट करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका वडा ११ बेल डाँडा बस्ने २६ वर्षीय गंगालाल चेपाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्