रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना

रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना

पोखरा । नेकपा (एमाले)का तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीकाे स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ ।

स्व. अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित ‘रवीन्द्र अधिकारी र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले विकास र पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मानस्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिनुभयो । उहाँले पुरस्कारका लागि यस वर्षबाट रु. २५ लाखको अक्षयकोष स्थापना गरी सुरूआत गरिने बताउनुभयो । उहाँका अनुसार उक्त पुरस्कार अधिकारीको जन्म दिन वैशाख २२ को अवसर पारेर प्रदान गरिने छ ।

सो अवसरमा प्रतिष्ठानका महासचिव धनराज आचार्यले तेस्रो स्मृति दिवस त्रिदिवसीयरूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको जानकारीदिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री विनोद प्रतीक, अग्रज पत्रकार पुण्य पौडेल, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतका सञ्चाकर्मीले स्व. अधिकारीले सञ्चारलगायत विविध क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्