मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा संजय कुमार श्रेष्ठ

मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा संजय कुमार श्रेष्ठ

विराटनगर । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको १४ औँ साधारण सभाले संजयकुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । शनिबार विराटनगरमा सम्पन्न साधारणसभापछि नयाँ कार्यसमिति गठन भएको हो । एशोसिएसनका अध्यक्ष शुभाष आचार्यको अध्यक्षतामा आयोजित साधारणसभामा प्रमुख अतिथि नाडाका केन्द्रीय अध्यक्ष ध्रुवबहादुर थापाको उपस्थिति रहेको थियो ।

सभाबाट एशोसियसनको आगामी कार्यकालका लागि गठित नयाँ कार्यसमितिमा अध्यक्ष श्रेष्ठ, उपाध्यक्षमा दिल्ली आचार्य, सचिवमा मनोज विक्रम साह, सह–सचिवमा रुपेश बराल, कोषाध्यक्षमा जीवन पोख्रेल चयन भएका छन् । यसैगरी सदस्यमा ओम प्रकाश शर्मा, रवी अग्रवाल, दिव्य राज घिमिरे, निसार अहमद्, राजेश कुमार भगत, शैलेन्द्र कुमार साह, मनोज कुमार चौधरी र गंगा प्रसाद शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् ।

सभामा जिल्ला ट्राफिक कार्यालयका दुई जना जवान चन्द्रकला विष्ट र रोशन कुमार चौधरी र अटो पत्रकार एवं आवर विराटनगर डट नेटका सञ्चारकर्मी राकेश कर्णलाई प्रमाण पत्र र नगद राशी सहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्