अवैध लागूऔषध सहित ४ जना पक्राउ

<span class='c1'>अवैध लागूऔषध सहित</span> <span class='c2'>४ जना पक्राउ</span>

सर्लाही । लालबन्दी नगरपालिका वडा २ जुटपानी नहरस्थित सडकबाट करिब ९ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ब्रहम्पुरी गाउँपालिका वडा ४ बस्ने २० वर्षीय तमने साह र १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । नवलपुरबाट मंलगवातर्फ जादै गरेको बिआर ३० डब्लु ६५६४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा चामलको बोराभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका वडा ८ रिहारबाट ८ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका वडा ८ बस्ने २१ वर्षीय सुमन थारु र बढैयाताल गाउँपालिका वडा ८ बस्ने ३५ वर्षीया राज कुमारी थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्