एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गरौँ : महामन्त्री थापा

<span class='c1'>एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित</span> <span class='c2'>गरौँ : महामन्त्री थापा</span>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गर्नुभएको छ।

प्रतिनिधिसभाको आइतबाको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो।

सबैको सहमतिमा एमसिसी पारित होस् भन्ने कांग्रेसको चाहना रहेको र त्यसका लागि प्रयास गरेको बताउँदै उहाँले नेपालले सबैसँग सहयोग लिएर विकास गर्नुपर्छ भनेर नै यसअघि भारतसँग बिप्पा, चीनसँग बिआरआई र अमेरिकासँग एमसिसी सम्झौता गरिएको स्पष्ट पार्नुभयो।

वर्तमान संसद्मा रहेका सबै पूर्वप्रधानमन्त्री र पछिल्ला १० वर्षका सरकारमा रहेका सबै दल एमसिसी सम्झौतालाई अगाडि बढाउन संलग्न भएको स्मरण गराउँदै उहाँले पहिला सम्झौता गरेर अहिले विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो।

एमसीसी सम्झौता अनुमोदन भएपछि नेपालको कानूनभन्दा माथि हुन्छ भनेर अनावश्यक हल्ला फैलाइएको दाबी गर्दै नेता थापाले सबैले सम्झौता गरेको अवस्थामा सबै मिलेर सम्झौताका बारेमा स्पष्ट पार्नुपर्ने बताउनुभयो।

नागरिकस्तरबाट उठेका प्रश्नको संसद्ले स्पष्ट पार्नुपर्ने आवश्यकता ठहर गर्दै व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन गरिनुपर्ने उहाँको भनाइ थियो।

व्याख्यात्मक घोषणामा लेखिएको विषय अर्को पक्षले मानेपछि मात्र सन्धि अगाडि जाने उल्लेख गर्दै सन्धिमा लेखिएभन्दा तलमाथि भए पनि नेपालले सन्धि खारेज गर्छ भन्ने विषय पारित गरिनुपर्ने बताउनुभयो।

‘एमसिसी पारित गरौँ, अमेरिका, चीन, भारतसँग सहयोग लिएर देशको पक्षमा काम गरौँ’, सांसद थापाले भन्नुभयो। ‘उठेका प्रश्न व्याख्यात्मक घोषणा सरकारले ल्याओस् त्यसमा छलफल गरौँ, घोषणासहित त्यसलाई पारित गरौँ ’, उहाँले थप्नुभयो।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्