बाँके । बैजनाथ गाउँपालिका वडा ५ गायत्री टोल बस्ने २८ वर्षीय याम बहादुर बिश्वकर्मा समेत ३ जनालाई दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा चितुवाको छाला ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।