दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना पुष्टी

दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना पुष्टी

दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् ।

आइतबार मध्यरातिसम्म ती सङ्क्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी सङ्क्रमितको सङ्ख्या घटेको हो । यहाँ गत शनिबार १ लाख ६३ हजार जना सङ्क्रमित पाइएका थिए ।

यहाँ अहिलेसम्म ३१ लाखभन्दा बढी सङ्क्रमित पाइएका छन् । सुरुका पहिलो र दोस्रो लहरमा सङ्क्रमितहरु नबढेको यहाँ पछिल्लो अर्थात् तेस्रो लहरमा भने प्रतिदिन बढ्दै गएको पाइएको छ । यहाँ ओमिक्रोन भाइरसको सङ्क्रमण निकै तीव्रगतिमा बढेको पाइएको हो । तर पछिल्ला केही दिनमा भने सो सङ्क्रमण दर घट्दै गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्