नेपाल मुद्रण उद्योग महासंघ प्रदेश अध्यक्षमा लवकुमार घिमिरे

नेपाल मुद्रण उद्योग महासंघ प्रदेश अध्यक्षमा लवकुमार घिमिरे

विराटनगर । नेपाल मुद्रण उद्योग महासंघ प्रदेश १ को नवनिर्वाचित समिति अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । विराटनगरमा शनिबार सम्पन्न अधिवेशनले लवकुमार घिमिरेको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्ष हरीप्रसाद तिम्सिना, सचिव शम्भुप्रसाद पोखरेल, सह–सचिव रोहितकुमार भट्टराई र कोषाध्यक्ष गोबिन्द निरौलालाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा शरद श्रेष्ठ, लेखनाथ आचार्य, राजकुमार शाह, रमेश न्यौपाने, सूर्य निरौला, राजु मिश्र, विजय राई, भिम गौतम, हिमाल कार्की, दुर्गाप्रसाद तुम्रोक, सुरेश कटुवाल, घट्टराज भट्टराई, सन्तोष खड्का, राजिव ढुंगाना र हिमाल कार्कीलाई चयन गरेको छ ।

मोरङमा सफल रुपमा कार्यकाल सम्हाल्नु भएका नवनिर्वाचित प्रदेश अध्यक्ष घिमिरेले व्यवसायीक हितका लागि आगामी दिन खर्चने बताउनुभयो । उहाँले प्रदेश र स्थानीय सरकारले छपाईका कामहरुलाई काठमाण्डौं केन्द्रीत गर्ने गरेको र आगामी दिनमा त्यसलाई प्रदेशमा सञ्चालित मुद्रण उद्योगमा केन्द्रीत गर्ने बताउनुभयो । मोरङको अध्यक्ष रहँदा मुद्रण उद्योग संघको आफ्नै भवन निर्माणका लागि जग्गा खरिद लगायतका काम गर्नेमा घिमिरेको विशेष योगदान दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्